प्रचण्डले गरे पार्टी अध्यक्ष छाड्ने संकेत
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्ष छाड्ने संकेत गरेका छन् । उनले युवाहरू नेतृत्वमा आउनुपर्ने भन्दै यस्तो संकेत गरेका हुन् ।
प्रचण्डले अबको समय पार्टीमा युवाहरुलाई स्थान दिनुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीमा युवाहरुलाई नेतृत्व दिने मन भएको बताएका हुन् ।
उनले पार्टीका युवाहरु तयार रहे आफू फरक भूमिकामा जाने इच्छा रहेको उल्लेख गरेका छन् । कार्यक्रममा बोल्दै उनले भने ‘अलि भिन्न भूमिकामा जाने इच्छा छ ।
उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण नेकपा फुटेको दावी गरे । योङ कम्युनिस्ट लिगको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘प्रतिगमन ओलीका कारण नेकपा एक रहन सकेन, अन्त्यमा फुटेरै छाड्यो ।’
उनले निवर्तमान ओली सरकार भ्रष्टाचारमा लिप्त भएको उल्लेख गरे । ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिँदिनँ, ओली कति राम्रो कुरा गर्थे,’ उनले भने, ‘के को लागि भनेको छ भ्रष्टाचार छोप्नको लागि पो भन्नु हुँदोरहेछ ।’ उनले भने ।