प्रचण्डले अाज चितवनको चुनावी सभालाई सम्बोधन गर्ने - Himal Post Himal Post
  • १४ माघ २०८२, मंगलवार
  •      Tue Jan 27 2026
Logo

प्रचण्डले अाज चितवनको चुनावी सभालाई सम्बोधन गर्ने



भरतपुर, कात्तिक १६।

नेकपा माअाेवादी पुष्पकमल दाहाल प्रचण्डले मनाेनयन दर्ता हुनुभन्दा पहिले अाज बिहान १० बजे अघि चितवनको चुनाबी सभालाई सम्बोधन गर्दैछन् ।

गठबन्धनले बुधबार भरतपुरमा संयुक्त पत्रकार सम्मेलन गरी बिहीबार उम्मेदवार मनोनयन दर्ता गर्न संयुक्तरुपमा र्याली निकाल्ने र चुनावी सभा गर्ने कार्यक्रम तय भएको जानकारी गराएको छ । बिहान ११ बजे रिजालचोकबाट संयुक्त र्याली निकालेर भरतपुरको गेष्टहाउस चौरमा चुनावी सभा गर्ने कार्यक्रम रहेको छ ।

चुनावी सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल लगायतका नेताले सम्बोधन गर्ने बताइएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चितवनमा संयुक्त वाम गठबन्धनले चुनावी अभियानलाई तीब्र पारेका छन । माओवादी अध्यक्ष प्रचण्डले उम्मेदवारीको घोषणा गरेपछि हट बनेको चितवनमा पहिलो चुनाबी सभा हुन् लागेकाे हाे ।

नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल र नेकपा माओवादी केन्द्र चितवनका इन्चार्ज इश्वरी भट्टराईद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा आगामी निर्वाचनमा दुबै पार्टीका उम्मेदवारलाई संयुक्त वाम उम्मेदवारका रुपमा विजयी बनाउने निर्णय भएको उल्लेख छ । चितवनका नेतृत्व तहको संयुक्त बैठकले माओवादी केन्द्रका वरिष्ठ नेता अमिक शेरचनको संयोजकत्वमा दुई सय ५० सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

चितवनका नेतृत्व तहको संयुक्त बैठकले ३५ सदस्यीय सचिवालय समिति गठन गर्ने, तीन दिनभित्र क्षेत्र, प्रदेश र वडास्तरमा संयुक्त निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ । क्षेत्र र प्रदेशको संयोजक जुन पार्टीको उम्मेदवार रहन्छन् सोही पार्टीको नेता रहने र उपसंयोजक अर्को पार्टीको नेता रहने विज्ञप्तिमा उल्लेख छ ।

बैठकले पार्टीबीच एकता गर्ने उद्देश्यले कृष्णप्रसाद खनाल र इश्वरी भट्टराईको संयोजकत्वमा सात सदस्यीय संयोजन समिति गठन गरेको छ । समितिको सदस्यमा कृष्णभक्त पोखरेल, तेजेन्द्रबहादुर खड्का, पार्वती रावल, ज्ञानु बस्नेत र घनश्याम दाहाल रहेका छन् । पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन परिचालन समितिका संयोजक अमिक शेरचनले बिहीबार मनोनयनपूर्व हुने चुनावी सभामा गठबन्धनका सबै उम्मेदवार उपस्थित हुने बताए ।