प्रचण्डको पूरै परिवारलाई भाइरल - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रचण्डको पूरै परिवारलाई भाइरल



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पूरै परिवार भाइरलले ग्रसित बनेको छ । प्रचण्ड स्वयम् पनि भाइरल ज्वरो, रुघाखोकी र टाउको दुख्ने समस्याले अस्वस्थ हुनुभएको छ भने पत्नी सीता दाहाल, बुहारी विना मगर, नाति प्रणव र नातिनी स्मिता पनि बिरामी परेका छन् ।

अस्वस्थ भएसँगै प्रचण्डलाई सार्वजनिक कार्यक्रममा नजान चिकित्सकले सुझाव दिएको उहाँको निजी सचिवालयले जनाएको छ । परिवारका एक सदस्यका अनुसार प्रचण्डलाई मौसमी भाइरलले केही दिनअघिबाटै ग्रस्त बनाएकोमा सोमबारदेखि झनै बढी भएपछि घरमै आराम गरिरहनुभएको छ ।

यसैबीच, अचानक स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार अस्पताल भर्ना हुनुभएकी प्रचण्डकी बुहारी एवम् खानेपानी मन्त्री विना मगर मंगलबार साँझ नै अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । आइतबार अस्पताल भर्ना हुनुभएकी प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्थामा केही सुधार आएको छ । समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।