प्रचण्डको प्रस्ताव ५ नम्बर प्रदेशकाे नाम लुम्बिनी,राजधानी तिलौराकोट - Himal Post Himal Post
  • ११ बैशाख २०८२, बिहीबार
  •      Thu Apr 24 2025
Logo

प्रचण्डको प्रस्ताव ५ नम्बर प्रदेशकाे नाम लुम्बिनी,राजधानी तिलौराकोट



कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ नम्बर प्रदेशकाे नाम लुम्बिनी राख्दा उपयुक्त हुने बताउनु भएको छ ।

अध्यक्ष दाहालले मंगलबार जीतपुरमा आयोजित १० औं कपिलवस्तु महोत्सव उद्घाटन गर्दै ५ नम्बर प्रदेशको नाम लुम्बिनी र राजधानी तिलौराकोट राख्न आफूले पार्टीमा प्रस्ताव लैजाने प्रतिवद्धता जनाउनुभयो ।

‘प्रदेशको नामाकरण र त्यसको राजधानी एक्लैले निर्णय गर्न मिल्दैन’ उहाँले भन्नुभयो, ‘त्यसको लागि पहिला पार्टीमा पनि छलफल गर्नुपर्छ । त्यसपछि प्रदेशसभाबाट पारित हुनुपर्छ । लुम्बिनी देशमा मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा समेत प्रख्यात छ । त्यसकारण प्रदेश ५ को नाम लुम्बिनी र राजधानी तिलौराकोट राख्दा त्यसमा कसैको विमती नहोला ।’

अध्यक्ष दाहालले लुम्बिनीप्रति ‘सबै जातजाति, धर्म, भाषाभाषी र पूर्वप्रधानमन्त्री दाहालले ‘लुम्बिनी, कपिलवस्तु र रामग्रामलाई विश्व शान्तिको शहर बनाउने परिकल्पना आफूले अघि सारेको समेत स्मरण गराउनुभयो ।