प्रचण्डको नाममा भाइरल बनाईएको पत्रबारे सचिवालयले मुख खोल्यो - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

प्रचण्डको नाममा भाइरल बनाईएको पत्रबारे सचिवालयले मुख खोल्यो



काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को समर्थनमा जारी गरेको भनिएको वक्तव्य झुठो रहेको बताइएको छ ।

प्रचण्डको सचिवालयले जारी गरेको विज्ञप्ति अनुसार सामाजिक सञ्जालमा भाइरल बनाइएको प्रचण्डको नामको वक्तब्य झुटो भएको र प्रचण्डलाई बदनाम गर्न यस्तो पत्र भाइरल बनाइएको जनाइएको छ ।

बुधबार मन्त्रीपरिषद बिस्तारका सम्बन्धमा प्रचण्डले जारी गरेको भन्दै सामाजिक सञ्जालमा वक्तव्य साझा गरिएको थियो। तर प्रचण्डका स्वकिय सचिव विष्णु सापकोटाले सो पत्र झुठो रहेको बताएका हुन्।

उनले भने, ‘त्यो पत्र झुठो हो। अफवाह हो। अध्यक्षबाट वा स्थायी कमिटीबाट त्यस्तो पत्र जारी भएको छैन। बदनाम गर्न नक्कली पत्र बनाइयो।’

सामाजिक सञ्जालमा प्रचण्डले जारी गरेको भन्दै साझा गरिएको पत्रमा एमसीसीको समर्थन गरिएको र कार्यान्वयनका लागि तल्लो तहसम्म लैजाने उल्लेख छ।