प्रचण्डको खल्तीमा मन्त्री बन्नेको नाम, यी हुन् माओवादीबाट मन्त्री खाने नेताहरू - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

प्रचण्डको खल्तीमा मन्त्री बन्नेको नाम, यी हुन् माओवादीबाट मन्त्री खाने नेताहरू



काठमाडौं- सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको छ । राजनीतिक दलसम्बन्धि अध्यादेश फिर्ता लिने र मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिने तयारी भैरहेको बताइएको छ । सरकारमा मन्त्रीहरू थप्नको लागि सत्ता गठबन्धनले भागबण्डा समेत टुंगो लगाएको छ ।

सरकारमा केहि गैरसांसद पनि मन्त्री बन्ने सम्भावना देखिएको छ । गठबन्धनले गरेका पछिल्ला छलफलहरूमा केहि कानुन व्यवसायीको बारेमा चर्चा हुने गरेको बताइएको छ ।

यस्तै माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको सूचीबारे छलफल सुरु गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा पठाउने मन्त्रीहरुको नाम लिस्ट खल्तीमै बोकेको माओवादी स्रोतले जानकारी दिएको छ ।

उनले मन्त्री बनाउने बारेमा निकट नेताहरुसंग छलफल गरिसकेका छन् । बुधबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अध्यादेशका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको जानकारी दिएका थिए । उनले बिहिबार भने मन्त्रिपरिषद विस्तार हुने जानकारी बैठकमा दिए ।

सत्तारुढ गठबन्धनले दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउन बिहिबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रतिस्पापन विद्येयक ल्याउने तयारी गरेको छ । जसपाले अध्यादेश फिर्ता नलिंदासम्म सरकारमा सहभागी नहुने अडान राख्दै आएको थियो । जसका कारण सरकार बनेको ७० दिनभन्दा बढी हुंदा समेत मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले प्रतिस्पधान विद्येयक ल्याउने तयारी भएको जानकारी दिएका छन् ।

सत्तारुढ दलको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । दलहरुको बीचमा मन्त्रालयको भागवण्डा भने मिलिसकेको छ । माओवादी केन्द्रले ६ मन्त्री र १ राज्यमन्त्री पाउने सहमती भएको छ । जसअनुसार माओवादीबाट अहिले अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्रीको रुपमा पम्फा भुसाल छन् ।

गठबन्धनको आजको बैठकमा मन्त्रालयको टुंगो लाग्ने र बिहिवार मन्त्रीमण्डल विस्तार गर्ने तयारी छ । माओवादीको भोली बस्ने स्थायी समितिको बैठकले मन्त्रीहरुको नामावली टुंगो लगाउने बताइएको छ । तर कतिपय नेताहरूले भने अध्यक्ष प्रचण्डले मन्त्री बन्नेहरूको लिस्ट नै बनाएको दाबी गरेआ छन् ।

माओवादी स्रोतकाअनुसार प्रचण्डले बनाएको लिस्टमा नेताहरु नारायणकाजी,श्रेष्ठ,हरिवोल गजुरेल,देवेन्द्र पौडेल, महेश्वर गहतराज, हरि चौधरी, सुदन किराती, अमनलाल मोदी र शशि श्रेष्ठ लगायतको नाम उल्लेख छ । अन्तिम समयमा प्रचण्डले यसबाट पाँच जनाको नाम छान्ने बताइएको छ ।