प्रचण्डको अर्थपूर्ण अलमल - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

प्रचण्डको अर्थपूर्ण अलमल



राष्ट्रियसभा गठन विवाद मिलाउने प्रयासस्वरुप गत शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा ५ दलका शीर्ष नेताको बैठक बस्यो।

बैठकपछि एमाले नेताहरु स्थायी समिति बैठकका लागि वामदेव गौतमको निवास भैसेपाटीतिर लागे। तर, वाम गठबन्धनका नेता प्रचण्ड भने चितवनतिर लागे। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

कान्तिपुर दैनिक लेख्छ–प्रधानमन्त्री निवासको छलफल निष्कर्षमा पुगेको थिएन, प्रचण्डलाई राम्ररी थाहा थियो। त्यसैले एमाले बैठकपछि साँझ अध्यादेशदेखि एमाले माओवादी पार्टी एकतासम्मको विषयमा छलफल गर्ने तय थियो। तर बालुवाटार बैठकपछि हिँडेका प्रचण्ड चार दिनदेखि त्यतै अलमलिएका छन्। उनको अलमलले दुई पार्टीको औपचारिक बैठक समेत बस्न सकेको छैन।

महत्वपूर्ण विषय सल्टाउन छाडेर प्रचण्ड किन चार दिनदेखि काठमाडौंबाहिर स–साना कार्यक्रममा अल्झिएका छन् ? यसले ‘अड्कबाजीको बजार’मा नयाँ नयाँ आशंका गर्नेलाई बल मिलेको छ।