प्रचण्डले लेखे: समयमै चुनाव गर्न हामी प्रतिबद्ध छौँ - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

प्रचण्डले लेखे: समयमै चुनाव गर्न हामी प्रतिबद्ध छौँ



काठमाडौं- सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूको पाँच दलीय गठबन्धन देशलाई संविधानसम्मत ढंगले अगाडि बढाउन, लोकतान्त्रिक मूल्यअनुरूप आवधिक निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताएका छन्।

शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा सम्पन्न गठबन्धनको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै प्रचण्डले आफूहरू संविधानबमोजिम तोकिएको समयमै चुनाव गर्न प्रतिबद्ध रहेको बताएका हुन्।

शनिबार बसेको पाँचदलीय उच्चस्तरीय समितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै उनले लेखेका छन्:

आज बसेको पाँच दलिय उच्चस्तरीय समितिको बैठकले
१. स्थानीय तहको निर्वाचन जेठ महिनाभित्र सम्पन्न गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिने ।

२. संविधानसङ्ग बाझिएका निर्वाचन कानुन/ऎनलाई आवस्यक संशोधन गर्नको लागि सरकारलाई सुझाव दिने निर्णय गरेको छ।

देशलाई संविधानसम्मत ढंगले अगाडि बढाउन, लोकतान्त्रिक मुल्य अनुरुप आबधिक निर्वाचन सम्पन्न गर्न पाँच दलिय गठबन्धन प्रतिबद्ध छ।