४९ जना सांसदले नै मन्त्री मागेपछि प्रचण्ड तनावमा - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

४९ जना सांसदले नै मन्त्री मागेपछि प्रचण्ड तनावमा



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू बहुत तनावमा रहेको बताएका छन् । उनले आफ्ना पार्टीका ४९ जना सांसदले नै मन्त्री पद मागेपछि आफू तनावमा परेको बताएका हुन्।

शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसको अवसरमा बोल्दै उनले पार्टीका सबै सांसदलाई मन्त्री पद चाहिएको भन्दै आफूलाई तनावमा पारेको बताए । पार्टी कार्यालय पेरिसडाँडामा आयोजिक उक्त कार्यक्रममा प्रचण्डले आफ्नो पार्टी नेकपा माओवादीका सबै सांसदले मन्त्री चाहेको बताए।

‘मन्त्री बन्न दबाब दिने मान्छेहरुको हुलबाट आएको छु म’ अध्यक्ष प्रचण्डले भने, ‘ सबै ४९ जनालाई जना सबैलाई मन्त्री चाँहिएको छ। तर पाउने त थोरै छ।’

उनले नेतृत्वसंग असन्तुष्ट रहेको समूह धेरै बताएका छन् । पछिल्लोसमय पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको उनले जनाए।

‘मन्त्री नभए नेतृत्वलाई सरापेर हिँड्ने अवस्था बनेको छ,’ उनले भने, ‘नियुक्ति पायो भने ठिक छ नभए नेतृत्व बदमाश भनेर गाली गर्ने प्रवृतिको विकास भएको छ’ उनले भने। मन्त्री छान्ने विषयले आफू केही दिन यता मानसिक रुपमा तनाव परेको उनले बताए।

‘४/५ दिनदेखि मानसिक तनावमा छु म, सबै ४९ जनालाई नै मन्त्री बनाउन मिले त बनाइदिनु हुन्थ्यो’ उनले भने, ‘कुरा आदर्शको गर्ने तर चित्त चाँहि मन्त्री पाइन्छ कि पाइदैन भन्ने छ।’ प्रचण्डले नरबहादुर कर्मचार्यको आदर्शबाट पार्टी नेता कार्यकर्ताले सिक्नुपर्ने बताए।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट अहिले २ सांसद मन्त्री रहेका छन्। अब माओवादीका भागमा पर्ने ६/७ जना मन्त्री बन्न पाउने अवस्था भएपनि सबैले मन्त्री चाहेको भन्दै प्रचण्डले असन्तुष्टि व्यक्त गरेका हुन्।