के भएको हो प्रचण्डपत्नी सीतालाई ? - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

के भएको हो प्रचण्डपत्नी सीतालाई ?



पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक वर्षदेखि पारिवारिक तनाबमा छन्।

पुत्रवियोगको शोकमा जीवनसंगिनी सीताको रोग थपिएको छ। हेरचाह र उपचारमा ध्यान दिनुपर्दा नेपाली राजनीतिका चलायमान नेता प्रचण्डको परिधि नै खुम्चिएको छ। यो खबर आजको नेपाल साप्ताहिकमा जनक नेपालले लेखेका छन्।

आठ महिनादेखि थलिएकी छन्, सीता। १० असोजमा सिंगापुरमा उपचार फलोअपका लागि उनीसँग छोरी गंगा र भतिज समिर मात्रै जाने तयारी थियो। तर, सीताले प्रचण्डलाई लैजान जोडबल गरिन्।

र, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसमेत देशवाहिर रहेका बेला उनी पार्टीका तल्ला कमिटी एकीकरणको व्यस्तता छाडेर पत्नीको उपचारको लागि सिंगापुर गए।

श्रोेत भन्छ, ‘पत्नीको बिरामी अबस्थाले अध्यक्ष प्रचण्डलाई पहिलेजस्तो राजनीतिक सक्रियता मुस्किल भइरहेको छ।’

०७४ को दशैंअघि पहिलोपल्ट गम्भीर विरामी परेकी सीता छोरो प्रकाशको निधनपछि झनझन् विरामी हुँदै गएकी छन्। ‘ममी आफैँलाई धान्न नसक्ने स्थितिमा पुग्नुभयो। छोरी रेणु दाहाल भन्छिन्, ‘शौचालय जाँदासमते साथी चाहिने भयो।’

सिंगापुरस्थित एमटी एलिजावेथ अस्पतालले सीतालाई लागेको रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) पुष्टी गरेका छन्। यो मस्तिष्कमा लाग्ने रोग हो।

यसका सुरुआती लक्षण अल्जाइमर्स र पार्किन्सन्सजस्तै लाग्छन्। पीएसपीका विरामीले शारीरिक अन्तुलन गुमाई पछाडितर्फ लड्ने, पुराना कुरा विर्सने र अररो हुनेजस्ता लक्षण देखाउँछन्।

चिकित्सकहरु पीएसपीको औषधिले केही वर्षका लागि मात्र प्रभावकारी काम गर्ने दावी गर्छन। तर, नियमित औषधि, व्यायाम र सन्तुलित आरामले बिरामीको आयू बढाउन सकिने चिकित्सकहरुको भनाई छ।