निर्वाचन आयोगप्रति प्रचण्डको शंका - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

निर्वाचन आयोगप्रति प्रचण्डको शंका



काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगलाई खुट्टा नकमाउन चेतावनी दिएका छन् ।

काठमाडौंमा बुधबार आयोजित सभामा सदाभन्दा बढ्ता नै आक्रोशित देखिएका प्रचण्डले भने, “निर्वाचन आयोग खुट्टा नकमाऊ !”

उनले निर्वाचन आयोगलाई दबाब नदिएको बताए । प्रचण्डले भने, “हामीले निर्वाचन आयोगलाई के भनेको छ र ? खुट्टा नकमाऊ भनेको त हो ।”

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ठगीधन्दा चलाएको र ७० वर्ष लडेर ल्याएको लोकतन्त्र, संविधान मास्न खोजेको आरोप लगाए । प्रचण्डले ओलीले निर्वाचन आयोगलाई धम्की दिएको समेत बताए । “७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि घात गर्न खोज्ने र उसैले धम्की दिने ?,” उनले प्रधानमन्त्रीलाई चेतावनी पनि दिए ।