एमसीसी पास हुन्छ, गठबन्धन भत्किँदैन - प्रचण्ड - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

एमसीसी पास हुन्छ, गठबन्धन भत्किँदैन – प्रचण्ड



एमसीसीका सन्दर्भमा कतिपय अस्पष्ट विषय संसदमा एकपक्षीय घोषणबाट संकल्प प्रस्ताव पारित गर्दै एमसीसी अनुमोदन गर्ने र गठबन्धन जोगाउने ढंगले छलफल भएको नेताहरुले बताएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले सिंहदरवारमा नेकपा एसका शीर्ष नेतासँग छलफल पछि गठबन्धन नटुट्ने र एमसीसी पनि सहमतिकै बाटोबाट अघि बढ्ने बताए ।

पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने- समस्याको समाधान हुन्छ । गठबन्धन टुट्दैन । एमसीसी पनि सहमतिको बाटोबाटै अघि बढ्छ ।

उनले अगाडि भने- ओली प्रतिगमनविरुद्ध गठबन्धन गरेर सरकारमा भएकाहरू एमसीसीको पक्ष वा विपक्ष भएर पालैपालो उनै ओलीको शरण पर्नजानुले राजनीतिक नैतिकताको कसीमा रसातलमा पुगिसकेको एमालेको राजनीतिक भूमिकालाई नै उचो बनाइदिएको छ। कांग्रेस र माओवादीले यस्तो उचाइ केपी ओलीलाई नदिनु पर्थ्यो ।