प्रचण्डले भने: सरकारको नीति राष्ट्र र जनविरोधी - Himal Post Himal Post
  • २५ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 10 2024
Logo

प्रचण्डले भने: सरकारको नीति राष्ट्र र जनविरोधी



काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ सरकारको नीति राष्ट्र र जनविरोधी निर्णय भएको बताएका छन् ।

सरकारले बजेटमार्फत ल्याएको यो नीति कुर्सी बचाउने र तराइलाई मरुभूमिकरण गर्ने योजनाको हिस्सा भएको बताएका छन् ।

दाहालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराइलाई मरुभूमिकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस् ।’

सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम छ । सरकारको यो कार्यक्रमले चुरेको दोहन बढ्ने र तराई मधेशमा मरुभूमिकरण हुने भन्दै आलोचना भइरहेको छ ।