प्रचण्डले भने - पार्टीमा केन्द्रीय सदस्य थप्न फलामको च्यूराजस्तै भयो मलाई   - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

प्रचण्डले भने – पार्टीमा केन्द्रीय सदस्य थप्न फलामको च्यूराजस्तै भयो मलाई  



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनपछि केन्द्रीय कमिटी विस्तार फलामको चिउरा जस्तै भएको बताएका छन् ।

सोमबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले विधानअनुसार समानुपातिक, समावेशी क्लस्टर मिलाउनुपर्दा केन्द्रीय कमिटी बनाउन फलामको चिउराजस्तै भएको बताएका हुन् । 

‘केन्द्रीय समिति चयन फलामको चिउरा जस्तै भयो । सिनियर छुट्ने, जुनियर आउने देखियो’, अध्यक्ष प्रचण्डले बैठकमा यसअघि २४७ सदस्यीय केन्द्रीय समिति आयोगमा बुझाए पनि बाँकी संख्या चयन गर्न कठिन भएको हो ।

त्यसक्रममा उनले २९९ र मनोनित गर्ने ४५ जना गरी ३४४ जनाको केन्द्रीय कमिटी बनाउन समस्या भएको बताए ।