निवेदन बोकेर सर्वोच्च जाँदै प्रचण्ड
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत जाने भएका छन् । उनी फैसलाको पुनरवलोकनको निवेदन लिएर सर्वोच्च अदालत लागेको बताइएको छ ।
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताएपछि न्यायिक पुनरावलोकनका लागि उनी अदालत जाने बहेका हुन् ।
प्रचण्डले आज सर्वोच्च अदालत जाने तयारी गरेको बताइएको छ । मुक्ति प्रधानका अनुसार आजै सर्वोच्च अदालत जाने कुरा भएको छ ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले पनि न्यायिक पुनरवलोकनमा जाने जानकारी गराए । उनले ११ बजे कानुन व्यवसायीका साथमा सर्वोच्च जाने तयारी भएको बताए ।
सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई छुट्टाछुट्टै बनाएको थियो ।