प्रचण्डले गरे फेरि सडक संघर्षमा जाने संकेत - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

प्रचण्डले गरे फेरि सडक संघर्षमा जाने संकेत



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई पुरानै ढर्राबाट चलाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले यसको परिवर्तनको लागि फेरी एक पटक सडक संघर्षमा जानुपर्ने बताएका छन् ।

पार्टीको मुख्यालय पेरिसडाँडामा आयोजित तत्कालीन पार्टीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसका अवसरमा बोल्दै उनले संविधान संशोधनका लागि फेरि सडकमै जानुपर्ने अवस्था आउनसक्ने बताएका छन्।

सभामा प्रचण्डले भने ‘उत्पीडित र पछाडि पारिएका समुदायको हक अधिकारका लागि संविधान संशोधन गर्न जुरूरी नै छ।’ संविधानलाई स्विकार गरेको तर संविधान बन्ने बेलामा नै आफूहरूले त्यसमा ‘नोट अफ डिसेन्ट’ राखेको पनि उनले बताए।

‘फेरि पनि देशलाई, व्यवस्थालाई पुरानै ढर्राबाट चलाउन खोजिएको छ। हामीले संविधान संशोधनका लागि प्रस्ताव पनि दर्ता गरेका छौं’ उनले भने। प्रचण्डले राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताबाहेक सबै संशोधन हुनसक्ने व्यवस्था संविधानमा भएको पनि बताए।

‘व्यवस्था पनि परिवर्तन गर्न संविधानले ढोका खुलै राखिदिएको छ। किनकि यो समाजवाद उन्मुख संविधान हो’ उनले भने ‘संविधान संशोधन गर्नका लागि हामी सडकमै जानुपर्ने पनि हुनसक्छ । संविधानले संशोधन सबै ढोकाहरू खुला गरेको छ।’