प्रचण्डका परिवार र समर्थकलाई सन्चै त छ ?
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका बारेमा सिधा कुरा जनतासंग कार्यक्रममा रवी लामिछानेले बोलेपछि सामाजिक सञ्जालको पारो भने अन्तै मोडिएको छ ।
पत्नीसहित प्रचण्ड अमेरिका जान लागेको लगायतका विषयमा रवि लामिछानेले प्रचण्डको विरोध गरेपछि परिवार र समर्थकमा खैलाबैला मच्चिएको हो । रवि लामिछानेले सार्वजनिक कार्यक्रममै प्रचण्डको कडा विरोध गरेका थिए । उनले भनेका थिए यो प्रचण्डको हरेक एंगलबाट बिरोध हो ।
यसै बिषयलाई लिएर समर्थक देखि आफन्त र परिवार रवी बिरुद्ध गालि गलौजमा उत्रिएका छन् । यति सम्म कि रवी लामिछानेलाई कारवाही गर्नुपर्छा भन्ने सम्मको माग उठाइरहेका छन् ।
प्रचण्ड श्रीमतीको उपचारका लागि अमेरिका जाने पहिले नै योजना थियो । अन्तिम तयारी भइसकेका बेला पूरै प्रचण्ड परिवार भाइरल ज्वरोले ग्रस्त भएपछि भ्रमण रोकिएको थियो । पछिल्लो समय भेनेजुयलामा गरिएको सत्ता परिवर्तनको प्रयासलाई समर्थन गरेकामा प्रचण्डले नेकपा अध्यक्षका हैसियतमा अमेरिकाको कटु आलोचना गर्दै विज्ञप्ति जारी गरेका थिए । यद्यपि पछि नेकपा र सरकारले उनको विज्ञप्तिको स्वामित्व लिएको थियो ।
सोही कारण प्रचण्डलाई पार्टीभित्र र बाहिरबाट समेत भेनेजुयला प्रकरण शान्त नभएसम्म अमेरिका नजान सुझाइएको थियो । तर प्रचण्डले अमेरिकी राजदूतले घरमै आएर आफूलाई भेटेर भ्रमणको निम्ता दिएको र प्रकरण सेलाइसकेकाले अब जाँदा फरक नपर्ने भन्दै अन्तिममा जाने निर्णय लिएको दाबी स्रोतको छ ।
अमेरिका प्रकरण शान्त भएपनि रवि लामिछाने प्रकरण तात्दै गएको छ । टेलिभिजन प्रस्तोता रवि लामिछानेले ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेपछि पूर्वमाओवादी लगायतले लामिछानेको विरोध गरिरहेका छन् ।
कार्यक्रममा लामिछानेले प्रचण्ड आफू प्रधानमन्त्री भएको, छोरीलाई मेयर बनाएको, बुहारीलाई मन्त्री बनाएको भन्दै आलोचना गरेका थिए । प्रचण्डको बारेमा लामिछानेले दिएको अभिव्यक्तिका कारण उनीमाथि प्रचण्ड परिवार तथा नेकपाका नेता खनिएका छन् ।
प्रचण्ड पुत्री तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पत्रकार रवि लामिछानेलाई ‘पागल’को संज्ञा दिएकी छन् । रविले प्रचण्डको बारेमा बोलेको भनाईलाई टिप्पणी गर्दै नेकपाका एक युवा नेताले फेसबुकमा स्टाटस राखेका थिए । सोही स्ट्याटसमा प्रतिक्रिया दिँदै दाहालले लामिछानेलाई ‘पागलपन’ को संज्ञा दिएकी हुन् ।
पूर्वविद्यार्थी नेता हिमाल शर्माले पत्रकार रवि लामिछानेले प्रचण्ड प्रवृत्ति भन्दै दिएको कडा अभिव्यक्तिका बारेमा प्रश्न गर्दै स्टाटस लेखेका हुन् । शर्माले लेखेका छन्, ‘प्रवृतिलाई हो भन्दै नितान्त व्यक्तिमाथि खनिनुलाई कस्तो प्रवृत्ति भन्छन् ? लामिछाने ज्यू !’ स्टाटसको कमेन्ट बक्समा रेणुले लेखेकी छन्, ‘पागलपन भनिन्छ दाइ’ ।
पूर्व सहकर्मी नेत्रविक्रम चन्दले आफूलाई पहिलो नम्बरमा मार्ने माइन्यूट तयार गरेको कुरा सरकारमार्फत प्रचण्डले सार्वजनिक गरेका थिए । यसबारे पत्रकार लामिछानेले कार्यक्रम सिधा कुरा जनतासँगमा खरो टिप्पणी गरे ।
उनले भने, ‘वाह कमरेड ! जनताका छोरा मरेकोमा पीर परेन तर आफूलाई मार्छु भन्दा बल्ल विप्लवमाथि प्रतिबन्ध ?’ जनताको ज्यान असुरक्षित हुँदासम्म मतलव भएन तर आफूलाई मार्ने हो भनेपछि विप्लवमाथि प्रतिबन्ध भन्दै उनले प्रश्न उठाएका थिए । विप्लवको राजनीतिक विचारमाथि प्रतिबन्ध लगाउँदा राजनीतिज्ञलाई नभएर आम जनतालाई थप खतरा रहेको लामिछानेको आशय थियो ।
उनले थपे, ‘तपाईंसँगै देश बदल्न हिँडेका सबैको जीवन बदलिए तर जनताको अवस्था उस्तै । राजा फालेर जन्मिएका कयौं छोटे राजाहरुको विरोधमा विप्लवले मात्रै होइन सबैले विरोध गर्नैपर्छ, विप्लव प्रवृत्तिको समर्थन कुनै पनि कोणबाट होइन बरु प्रचण्ड प्रवृत्तिको विरोध हरेक कोणबाट गर्नुपर्छ ।’ लामिछानेको यही टिप्पणीलाई प्रचण्ड पुत्री रेणु दाहालले ‘पागलपन’ भनेकी हुन् ।
प्रचण्डकी नातिनी सृष्टि दाहाल केसीले फेसबुकमा स्टाटसमार्फत् लेखेकी छन्, ‘तिमीहरू तरुनीसँग बराल्लिएर हिँड्ने बेलामा प्रचण्डले वाक स्वतन्त्रताका लागि युद्ध लड्दै थिए । निरंकुशतन्त्रका विरुद्ध धावा बोल्दै थिए । मुलुकको थिति परिवर्तनमा जसको एक चिम्टी भूमिका छैन । उ केवल बौलाहाजस्तो बर्बराउन बाहेक अरु के नै जानेको हुन्छ र ?
रविको विरोध गर्दै वाइसीएल अध्यक्ष रामप्रसाद सापकोटाले लेखेका छन्, ‘पत्रकार नामको एक ‘पेटिकोट लम्पट’ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डबारे जे अभिव्यक्ति दिए, त्यो खेदजन्य मात्रै छैन माफीयोग्य समेत छैन । कृष्णलीलाभक्त लामिछानेप्रति साईबर अपराध अन्तर्गत कारवाही गर सरकार !’
यस्तो देखेपछी हामीलाई भन्न मन लाग्यो प्रचण्डका आफन्त परिवार र समर्थकलाई सन्चै त छ ? कि उपचार गर्न अमेरिका नै लैजान पर्ने हो ?