सहमति भएको खबर झुटो हो, भ्रममा नपरौं: प्रचण्ड सचिवालय - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

सहमति भएको खबर झुटो हो, भ्रममा नपरौं: प्रचण्ड सचिवालय



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पार्टीभित्र जारी विवादको बिषयमा कुनै सहमति नभईसकेको जनाएको छ । सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोहि पनि भ्रममा प्रचण्ड सचिवालयको अपिल छ ।

शनिबार अबेर राती प्रचण्डको स्वकीय सचिव गंगा दाहालले लेखेकी छिन्, ‘आज अध्यक्षद्वयबीच भएको छलफलपछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा बिभिन्न विषयहरु (महाधिवेशन लगायत) मा छलफल भएता पनि कुनैपनि विषयमा सहमति भएको छैन र सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोहि पनि भ्रममा नपरौं ।’

आगमी मंसिरमा महाधिवेशन गर्ने ओलीको नयाँ प्रस्तावमा प्रचण्ड सहमत भएको समाचार आइरहेको बेला प्रचण्ड सचिवालयले यस्तो बताएको हो ।

शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले महाधिवेशनको नयाँ प्रस्ताव ल्याएपछि अर्का अध्यक्ष प्रचण्ड आलोपालो प्रधानमन्त्रीको आफ्नो पुरानो अडानबाट पछि हटेको समाचार बाहिर आएको छ।