प्रचण्डले पनि 'रुख' चिन्हमा मतदान गर्ने - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

प्रचण्डले पनि ‘रुख’ चिन्हमा मतदान गर्ने



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मतदाता नामावली रहेको वडा नेपाली कांग्रेसको भागमा परेको छ। यससँगै प्रचण्डले पनि रुख चिन्हमा भोट हाल्ने भएका छन् ।

सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेलका लागि भएको भागबण्डामा उनको नामावली रहेको वडा कांग्रेसको भागमा परेको हो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको मतदाता नामावली चितवनको भरतपुर महानगरपालिका-१४ मा छ। उक्त वडामा कांग्रेसले वडाध्यक्षमा उम्मेदवारी दिने चितवनका गठबन्धनआवद्ध दलहरुबीच सहमति जुटेको छ।

प्रचण्डकी स्वकीय सचिव निशा भण्डारीले महानगरपालिकाको वडानम्बर १४ मा यसअघि कांग्रेसले जितेका कारण यसपटक पनि कांग्रेसको भागमा परेको बताइन्।

दलहरुबीच भएको सहमति अनुसार भरतपुरको १, २, ३, ४, ५, ६, ७, ८, १०, १४, १५, १६, १७, १८, १९, २०, २१, २३, २७ र २९ नम्बर वडा कांग्रेसको भागमा परेको छ। माओवादीको भागमा ११, १३, २४, २५ र २८ नम्बर वडा परेका छन्।

नेकपा एकीकृत समाजवादीले ९, १२ र २२ नम्बर वडामा अध्यक्ष पाएको छ।