प्रचण्डले ओलीलाई भने - एमसीसी फेल गरौं, पुनः वाम गठबन्धन गरौं - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

प्रचण्डले ओलीलाई भने – एमसीसी फेल गरौं, पुनः वाम गठबन्धन गरौं



अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिएको नेकपा माओवादी केन्द्रले प्रमुख विपक्षी नेकपा एमालेको साथ खोजेको छ ।

संसद बैठक स्थगित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले एमाले अध्यक्ष केपी शर्मासँग छलफल गरेका थिए ।

बानेश्वरस्थित संसद भवनमा भएको छलफलमा माओवादी केन्द्रका नेताहरुले संसदको अवरोध हटाउन र एमसीसीलाई अस्वीकृत गर्न प्रस्ताव गरेका थिए ।

तर ओलीले आफूहरुले अघि सारेको माग सम्बोधन नभएसम्म संसदको अवरोध कायमै रहने बताएका छन् ।

माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमालेले २३ भदौदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

बिहीबार दुबै पक्षबाट धारणा राख्ने काम मात्र भएको र छलफल निष्कर्षमा नपुगेको उनले बताए ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमसीसी, संसदको गतिरोधलगायतका विषयमा छलफल भएको पत्रकारहरुलाई बताए ।