सर्वोच्चको फैसला लगत्तै प्रचण्ड पुगे माधव नेपाल निवास
काठमाडौं– सर्वोच्चको फैसलापछि नेताहरूको सक्रियता बढेको छ । यस्तै सर्वोच्चले संसद पुनर्स्थापना गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।
सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्ने फैसला सुनाएपछि नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका हुन्। प्रचण्ड र नेपालबीच अहिले कोटेश्वरमा संवाद चलिरहेको नेपाल निकट एक नेताले बताए।
सोमबार बेलुका ५ बजे पाँच दलीय गठबन्धनको बैठक सिंहदरबारमा बोलाइएको छ ।
संसद पुन:स्थापना गर्ने सर्वोच्चको फैसलापछि नेपाली कांग्रेससहित माओवादी केन्द्र, एमालेको नेपालपक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव – बाबुराम भट्टराईपक्ष र राष्ट्रिय जनमोर्चाका नेताहरुबीच छलफल हुन लागेको हो।
सर्वोच्च अदालतले सोमबार संसद पुन:स्थापनाको फैसलासँगै १४६ जना सांसदहरुको रिटमा मागदाबी गरिएअनुसार कांग्रेस सभापति देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न पनि परमादेश जारी गरेको छ।