एकाएक किन पुगे प्रचण्ड राष्ट्रपति निवास ? - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

एकाएक किन पुगे प्रचण्ड राष्ट्रपति निवास ?



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

बिहीबार बिहान पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएर छलफल गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले भने प्रचण्डलाई बोलाएकि छन्।

विवाद समाधनका लागि भुमिका खेल्न आग्रह गर्न भण्डारीले प्रचण्डलाई शितल निवास बोलाएको स्रोत बताउँछ। नेकपाको विवाद निर्णायक मोडमा पुगेका बेला भण्डारीले विवाद समाधानमा पुनः सक्रियता देखाएकी छन्।

पार्टीभित्र बढेको विवादका बीच प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न बिहीवार साँझ करीब सवा ६ बजे शीतलनिवास पुगेका हुन् ।