प्रचण्डको प्रतिवेदन सर्वसम्मत पारित, सुनिएन न्यौपाने र कार्कीको फरक मत - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

प्रचण्डको प्रतिवेदन सर्वसम्मत पारित, सुनिएन न्यौपाने र कार्कीको फरक मत



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पास भएको छ ।

प्रचण्डले प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिएपछि आज बन्दसत्रको हलबाट सर्वसम्मतिले प्रतिवेदन पास भएको हो ।

प्रचण्डले प्रतिवेदनमाथि आएका सुझावहरूलाई आधार मानेर परिमार्जन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिवेदनमाथि आएका फरक मतका सन्दर्भमा भने अध्यक्ष प्रचण्डले आफ्नो २ घण्टाको भाषणमा केही बोलेनन् ।