छोरा प्रकाशको वार्षिकीमा भावुक भएका प्रचण्ड १७ हजार मर्दा किन भावुक भएनन् ? - Himal Post Himal Post
  • १४ माघ २०८२, मंगलवार
  •      Tue Jan 27 2026
Logo

छोरा प्रकाशको वार्षिकीमा भावुक भएका प्रचण्ड १७ हजार मर्दा किन भावुक भएनन् ?



-कर्ण अधिकारी।

आज जता ततै सामाजिक सञ्जाल फेसबुकमा स्वर्गीय कमरेड प्रकाश दाहालको प्रथम स्मृति दिवस भन्दै कमरेडलाई सम्झिन व्यस्त छन्।अनलाइन पोर्टलहरूले पनि प्रचण्ड,प्रचण्ड पत्नी सीता साथै प्रचण्डका छोरीहरू स्मृति दिवसमा भावुक भएका कुराहरू प्रचार प्रसार गरी रहेका छन्।यसरी सामाजिक सञ्जालहरू रङ्गी रहँदा म पनि स्वर्गीय कमरेड दाहाललाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु तर यसरी अर्पण गरी रहँदा मैले कमरेड प्रचण्डको भावुकता प्रति केही लेख्ने जमर्को गरेको छु।

(तस्विरमा स्व.प्रकाश दाहाल)

कुरा आज भन्दा १४/१५ वर्ष पहिलाको हो माओवादीको बिगबिगीले दूर दराज देखि सहर सम्म ढपक्कै ढाकेको थियो।सुराकी कै नाममा आर्मी र माओवादीबाट सोझा सिधा जनता मार्ने काम रोकिएको थिएन।त्यस द्वन्दको चपेटाले मेरो घर परिवारलाई पनि छाडेको थिएन।जता ततै डर त्रासमा बाच्नु पर्ने अवस्था थियो।आर्मीको चेक प्वाइन्टमा त सटको बाहुलालाई कुहिनो भन्दा माथि र पाइन्टलाई घुँडा भन्दा माथि सम्म फर्काउन लगाउँथे कारण घुँडा र कुइनामा दाग छ की छैन भनेर।यदि कालो देखिएको खण्डमा घण्टौँ सम्म सोध पुछ गर्थे माओवादीमा तालिम गरेको लडाकु हो की भनेर।उता माओवादीले पनि आफ्नै घर जाँदा समेत नयाँ मान्छे देख्ने बित्तिकै सुराकी हो की भन्दै सोधपुछ गर्ने यदि शङ्का लाग्यो भने शङ्काकै भरमा यातना दिई दिई तातो पानी खन्याएर,घाटी रेटेर,गोली हानेर,शरीर टुक्रा टुक्रा पारेर मारी दिन्थे।त्यस्तै चपेटामा मेरै काकाको छोरा उत्तमलाई पनि आर्मी भएकै कारण घर आएको बेला सुराकी भन्दै घाटी रेटी मारी दिए।

त्यसै गरी विष्णु प्रसाद अधिकारी र ढुंगेचौरको नवराजलाई सुराकी गरेको भन्दै माओवादीले मारी दिए।आज पनि मलाई त्यो दिन सम्झिदा कहाली लागेर आउँछ।त्यसै गरी आर्मीले पनि चोकदेमा एकै ठाउँमा माओवादी कमान्डर बद्री ढकाल सहित ७ जनाको जीवन लीला नै समाप्त गरी दिए।यी त भए मेरो समाजको सानो उदाहरण यस्ता घटना देशै भरी कति घटे घटे।आखिर जे जस्तो भए पनि दुवै पक्षबाट १७ हजार भन्दा बढीले ज्यान गुमाउनु पर्‍यो।ती १७ हजार मार्ने मराउने कामका नाइके भने कमरेड प्रचण्ड र बाबुराम भट्टराई नै हुन।उहाँहरूको नीति र आदेशलाई आत्मसात् गर्नेहरूबाटै यस्ता कार्यहरू भएका थिए।युद्धको बेलामा कतिले छोरा छोरी गुमाए।कतिले बाबु आमा त कतिले श्रीमान् श्रीमती आज ती १७ हजार मृतकका परिवार कहीँ न कतैबाट भावुकताको भुमरीमा लडबडी रहेका छन्।माओवादीका नाममा होनहार युवा युवतीले आफ्नो जीवन समर्पित गरेका थिए तर आज त्यो समर्पणको कुनै अर्थ रहेन।

सत्ता परिवर्तनका लागि जीवनको आहुति दिनहरूको सपना केही पुरा भए पनि २०७५ साल सम्म आई पुग्दा माओवाद र प्रचण्ड पथ पूर्ण रूपमा बिलय भई सकेको छ।माओवादीका नेताहरू सत्ता मोहमा फसी सकेका छन्।यी १७ हजारलाई मर्न र मार्नका लागि उक्साउने प्रचण्ड होइनन् र ! आज त्यही प्रचण्ड आफ्नो काल गतिले मरेको छोरो प्रकाशको वार्षिकीमा भावबिहल हुँदा मेरो मनमा भने कौतुहल्ता जागी रह्यो।सायद माओवादी द्वन्द्व प्रचण्ड यसरी नै भावुक भई दिएको भए १७ हजारले ज्यान त गुमाउनु पर्ने थिएन की तर के गर्नु बेलैमा बुद्धि पुराएनन्।जे नहुनु थियो त्यो भई सकेको छ।समय बिती सक्यो।एकमुष्टमा सरकार पक्ष र माओवादी पक्षबाट १० बर्से जनयुद्धमा ज्यान गुमाउनु हुने ज्ञ्यात अज्ञ्यात सहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।आज जसरी प्रचण्ड छोराको स्मृतिमा भावुक भए त्यसरी नै १७ हजार जनयुद्धका मृतकका परिवारहरू पनि भावुक भई रहेका छन्।