नेकपा अध्यक्ष प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना - Himal Post Himal Post
  • २२ पुष २०८१, सोमबार
  •      Mon Jan 6 2025
Logo

नेकपा अध्यक्ष प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना



काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् ।

केही दिनयता ज्वरो र खोकीले ग्रस्त भएकी उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनको डा. युवराज शर्मालगायतको टोलीले उपचार सुरु गरेको छ ।

सीता लामो समययता सुगर, प्रेसर लगायतका समस्याबाट पनि पीडित छिन् ।