यही पाराले सरकार सकिन पनि सक्छ : प्रचण्ड - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

यही पाराले सरकार सकिन पनि सक्छ : प्रचण्ड



काठमाडौँ – नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तै पारा रहे सरकार सकिन बेर नलाग्ने बताएका छन् । उनले  सरकारले काम नगरे खतराको घण्टी बज्‍ने बताए।

सरकारद्वारा सार्वजनिक नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै मङ्गलबार प्रचण्डले हिजोजस्तै त्याग र बलिदानका साथ काम नगरे जनताले आफ्नो फैसला गर्ने बताएका हुन्।

‘जनतामा अहिले पनि सरकारसँग आस छ। उनीहरू बढो भरोसाका साथ हामीतिर हेरिरहेका छन्’ उनले भने,’अब हामीले हिजोको जस्तै त्याग र बलिदानका साथ काम नगर्ने हो भने खतराको घण्टी बज्छ।’

अब नेपाली जनता र सबै राजनीतिक पार्टीले सपना देख्नुपर्ने बेला आएको समेत उनले बताए।

‘विकासको कुरा स्वैरकल्पना जस्तो मात्र लाग्ने गरेको छ, नेपालमा अन्तर्राष्ट्रिय हवाइमार्ग र ठूलाठूला परियोजना बन्ने कुरा जनतालाई आश्वासन दिएको जस्तो मात्र लाग्छ’ प्रचण्डले भने,’तर, त्यसो होइन अब सबै नेपाली जनता र सबै राजनीतिक पार्टीले यस्तो खाले सपना देख्‍न थल्नुपर्ने भएको छ।’

विकास निर्माण र समृद्धिका लागि ठूलाठूला लक्ष्य राखेर अघि बढ्नु पर्ने भएको समेत प्रचण्डले बताए। ‘प्रतिपक्षका साथीहरुलाई शङ्का लागेको छ । उहाँहरूले नीति तथा कार्यक्रममा भएको काम हुनै नसक्ने भन्नुभएको छ’ उनले भने,’त्यो प्रतिपक्षको धर्म, कामभित्रै पर्छन् । त्यो स्वाभाविक हो। उहाँहरूको भनाइलाई मध्यनजर गर्दै काममा अघि बढ्नुपर्ने छ।’