प्रचण्डलाई ओलीको जवाफ: आगोको धम्की नदिनु, पानी छाम्कर निभाउन नपरोस
काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति व्यंग्य गर्दै बाल्टीले पानी हालेर आगो निभाएको बताएका छन् ।
यसअघि प्रचण्डले संसदमा गरेको टिप्पणीको जवाफ फर्काएउँदै ओलीले प्रचण्डले देशभर आगो लगाएको नबिर्सिएको र त्यो आगो बाल्टीले पानी हालेर निभाएको बताएका थिए ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा उनले दाहाललाई जवाफ दिँदै ओलीले भने, ‘सरकारमा जानेवित्तिकै एक जनाले चेतावनी दिनुभयो । म आगो हु । आगोसँग नखेल्नु नत्र,,, । मलाई थाहा छ तपाई आगो हो । तपाईंले देशरभर लगाएको डडेलो मलाई याद छ । नबिर्सिने अर्को कुरा पनि छ । त्यो डडेलो एक बाल्टिन पानीले निभाएको छ ।’
केही दिनअघिको प्रतिनिधि सभा बैठकमा माओवादी अध्यक्ष दाहालले ओलीप्रति लक्षित गर्दै आफू आगो भएकोले आगोसँग नखेल्न चेतावनी दिएका थिए ।