प्रचण्डले ओलीलाई भने सिकेलाई नियन्त्रण गर्नुस् - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

प्रचण्डले ओलीलाई भने सिकेलाई नियन्त्रण गर्नुस्



काठमाडौं– सरकारसँगको सहमतिविपरीत सिके राउत समूहले आइतबार जनकपुरमा गरेको प्रदर्शन र नाराबाजीबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग प्रश्न गरेका छन् ।

प्रचण्डले राउतको स्वागतका क्रममा जनकपुरमा विखण्डनलाई सघाउने पु¥याउने गरी भएको प्रदर्शन, नाराबाजी र व्यानर प्रदर्शन भएकोबारे ओलीलाई सचेत गराएका थिए । प्रचण्डले सहमतिविपरीत राउतले विखण्डनको गतिविधि जारी राखेको आशंका गर्दै यस्ता गतिविधि नियन्त्रण गर्न ओलीको ध्यानाकर्षण गराए । सोमबार बिहान बालुवाटारमा भेटेर उनले राउतका यस्ता गतिविधि दोहोरिन नदिन प्रधानमन्त्रीलाई सचेत गराए ।

सोमबारै पोखरा पुगेका प्रचण्डले आफूले प्रधानमन्त्रीलाई राउत समूहका गतिविधिबारे सचेत गराएको बताए । जवाफमा प्रधानमन्त्री ओलीले राउतले सहमतिबारे आफ्ना कार्यकर्तालाई व्यवहारिक रुपमा बुझाउन नभ्याएका कारण त्यस्तो भएको हुनसक्ने बताए । सरकारसँगको सहमतिमा मुलुकको अखण्डताविरुद्ध हुने गरी कुनै पनि सामग्री उत्पादन, वितरण र प्रकाशन गर्न नपाइनेउल्लेख छ । तर, राउत समूहले स्वतन्त्र मधेसको झण्डा र व्यानर प्रदर्शन गर्नुका साथै नाराबाजी गरेपछि सहमति उल्लंघन भएको हो । सहमति उल्लंघनको विषयलाई लिएर सत्तारुढ नेकपाभित्रै असन्तुष्टि बढेको छ । कान्तिपुर दैनिकबाट