माओवादीको झट्कापछी ओली–प्रचण्ड बैठक, सहमति जुटाउने प्रयास - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

माओवादीको झट्कापछी ओली–प्रचण्ड बैठक, सहमति जुटाउने प्रयास



पार्टी एकतालाई निस्कर्षमा पुर्याउन शुक्रबार बिहानैदेखि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच
छलफल हुने भएको छ ।

एमाले अध्यक्ष प्रधानमन्त्री भए लगत्तै माओवादीले एमालेलाई सरकारमा नजाने झट्का दिएपछि यसरी बैठक बस्न र छिटो सहमति जुटाउन बाध्यता उत्पन्न भएको हो । ओलीले नियुक्ति लिएको ३० दिन भित्र बिस्वासको मत लिन सकेनन भने उनको पद चैट हुने सम्भावना पनि उत्तिकै छ ।

एकता संयोजन समितिको बैठकमा पार्टी एकताको विषयमा सहमति जुट्न नसकेपछि दुई नेताले ‘वान टु वान’ वार्ता गर्न लागेका हुन् । पार्टी एकतामा सहमति नहुँदै माओवादीले सरकारमा सहभागी नहुने अडान लिएपछि बिहीबार प्रधानमन्त्रीको शपथ लिएका ओली तनावमा छन् । त्यसैले भेटमा एकता र मन्त्रिमण्डलको विषयमा छलफल हुने एमाले स्रोतले बतायो ।

अन्य धेरै विषयमा सहमति जुटे तापनि जनताको बहुदलीय जनवाद (जबज) मा एमालेको अडानका कारण पार्टी एकता संयोजन समितिको बुधबारको छलफल नटुंगिएको अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बिहान पार्टी नेतालाई ब्रिफिङ गर्दै बताएका थिए। दाहालले एकतासहितको समग्र प्याकेज नटुंगिएसम्म गठबन्धन सरकारलाई समर्थन जनाउने तर सरकारमा सहभागितालाई प्राथमिकता नदिने बताएका कारण सरकारमा उसको सहभागिता अन्योलमा परेको छ।