ओली-प्रचण्डबीच गोप्य बैठक : के छ रहस्य ? - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

ओली-प्रचण्डबीच गोप्य बैठक : के छ रहस्य ?



नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य भेटवार्ता भएको छ।आइतबार दुवै अध्यक्षबीच आधाघण्टा छुट्टै भेटघाट भएको उच्च स्रोतले बताएको छ।

दाहालले आलोपालो प्रधानमन्त्रीको विषय उठाएपछि दुवै नेताको सम्बन्ध चिसिएको धेरैले अड्कल गरिरहका बेला भएक्जो गोप्य छलफलले नेकपा भित्र र बाहिर छुट्टै तरङ्ग उत्पन्न गरेको छ । दुवै नेता छुट्टै बस्नु अघि नेकपाका महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापासहितको बैठक तीन घण्टा चलेको थियो।

ओली र प्रचण्डबीच गोप्य बैठकमा के भयो भन्ने बिषयमा दुवैपक्षमा आशंका पैदा गरेको छ , प्रधानमन्त्री आलोपालो र दुई अध्यक्षबीच भएको असमझदारीको बिषयमा कुरा भएको हुनसक्ने ओली निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली दिल्ली गएको समयमा प्रचण्डको अन्तर्वार्ता र लिखित दस्तावेज बाहिर आएको बिषयमा नेकपा भित्रका विभिन्न खेमाका नेताहरु आइतबार छुट्टाछुट्टै बैठक बसेको पनि नेकपा निकट स्रोतले जनाएको छ ।

पार्टीको भागबण्डा, सचिवालय बैठकसम्बन्धी आयोग गठन कसरी टुंगाउने भन्ने विषयमा पनि छलफल गरेको स्रोतले बताएको छ भने नेकपाको सचिवालय बैठक भोलीदेखि सुरू हुँदै छ।

बिहिबार अध्यक्ष दाहालले आलोपालो सरकार चलाउने सहमति भएको बताएका थिए। ‘भोलि (साढे दुई वर्षमा) ओलीले छाड्नुहुन्न (प्रधानमन्त्री) भन्ने म कल्पना गर्न चाहन्नँ’  भन्दै दाहालले दिएको अन्तरवार्तापछि प्रधानमन्त्री ओलीले पनि सहमति नयाँ नभएको र आफू विदेश भ्रमणमा भएका बेला उछालिएको भन्दै जवाफि अन्तरवार्ता दिएका थिए।