प्रचण्डले ओलीलाई भने - प्रधानमन्त्री बन्नुस ! - Himal Post Himal Post
  • २७ पुष २०८२, आईतवार
  •      Sun Jan 11 2026
Logo

प्रचण्डले ओलीलाई भने – प्रधानमन्त्री बन्नुस !



नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको बताएका छन्। 

तत्कालीन नेकपामा एउटै पार्टीमा भएका ओली–प्रचण्डबीच पार्टी विभाजनपछि तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको छ। तर, अमेरिकी नियोग, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता संसदीय प्रक्रियामा प्रवेश गरेपछि दुई नेता आ–आफ्नो पार्टीका अरु सहकर्मीसहित भेटवार्तामा जुटेका हुन्। 

भेटका क्रममा प्रचण्डले पुनः ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको भट्टराईको दाबी छ।

उहाँ(प्रचण्ड)को तपाई(केपी ओली) प्रधानमन्त्री भइदिनुस्, हामी सहयोग गर्छौं भन्ने प्रस्ताव छ,’ भट्टराईले भने, ‘अहिले हामी प्रधानमन्त्री खोज्ने भन्दापनि देशको निकास कसरी दिने भन्ने छ।’ 

तर, प्रचण्डको प्रस्तावमा त्यति विश्वास गर्ने आधार नभएकाले पत्याउने अवस्था नरहेको भट्टराईको भनाइ छ।

कांग्रेससँग गठबन्धन गरेर एमालेलाई एमसीसी पारित गर्न त्यति सजिलो नभएको बताउँदै भट्टराईले छलफल भइरेहकाले यसै भन्न नसकिने बताए।

‘कांग्रेससँग बेुलकासम्म कस्तो छलफल हुन्छ, त्यसै अनुसार गठबन्धन भत्किने वा भत्किनेमा निर्भर हुन्छ होला,’ भट्टराईले भने।