विप्लवमाथिको प्रतिबन्ध : प्रचण्ड निवासमा गोप्य बैठक - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विप्लवमाथिको प्रतिबन्ध : प्रचण्ड निवासमा गोप्य बैठक



नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले प्रतिवन्ध लगाएलगत्तै सत्तासीन पार्टी नेकपाका नेताहरुको नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवासमा गोप्य बैठक बसेको छ ।

मंगलवार बसेको मन्त्रीपरिषद बैठकले प्रतिवन्ध लगाएलगत्तै पार्टी सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री राम बहादुर थापा भने अष्ट्रिया उडेका छन् ।

बैठकमा नेकपा अध्यक्ष दाहाल, बरिष्ठ नेता माधब नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए । बिहान आठ बजे वसेको बैठक एक घण्टा चलेको नेकपाका एक नेताले बताएकाछन् ।

विप्लव नेतृत्वको पार्टीमाथि प्रतिवन्ध लगाएपछि अव कस्तो रणनीति अपनाउने भन्ने बिषयमा नेताहरुवीच छलफल भएको एक नेताले बताए । उनका अनुसार बिप्लवका तर्फबाट हुनसक्ने सम्भावित हिंसात्मक राजनीतिका बिषयमा नेताहरुवीच छलफल भएको छ ।

बैठकमा पार्टी एकताका बाँकी काम कसरी टुङग्याउने भन्नेबारेमा समेत छलफल भएको ती नेताले बताए ।