सकियो प्रचण्ड निवासमा बसेको बैठक: नेताहरूले के भने ? - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

सकियो प्रचण्ड निवासमा बसेको बैठक: नेताहरूले के भने ?



काठमाडौँ – सत्तारुढ दल नेपाल कमयुनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला ओली समुहका नेताहरू बिहीबार एकाबिहानै खुमलटारमा पुगेर छलफल गरेका छन् ।

अध्यक्ष प्रचण्ड र नेताहरूबीच बएको छलफल सकिएको बताइएको छ । नेताहरू एकाबिहानै खुमलटार पुगेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही स्थायी समिति सदस्य तथा मन्त्रीहरुसँग आफ्नै निवासमा छलफल गरेका हुन् ।

छलफलका क्रममा पार्टी एकतालाई कसरी बचाएर जाने भन्नेमा छलफल भएको एक स्थायी समिति सदस्यले रातोपाटीलाई बताए । उनका अनुसार सबै सहभागीहरुले पार्टी विभाजन गर्नु दिनुहुँदैन भन्नेमा एकमत रहेको छ ।

सबै नेताहरूले पार्टी एकता कसरी बचाउने भन्नेमा चिन्ता व्यक्त गरेको बताइएको छ । यसका लागि थप छलफल गर्नेगरी आजको बैठक सकिएको जनाइएको छ ।

छलफलमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवासचन्द्र नेम्वाग, विष्णु पौडेल, विष्णु रिमाल र शंकर पोखरेललगायत ओली पक्षका नेता सहभागी थिए । त्यस्तै प्रचण्डपक्षका जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, हरिवोल गजुरेल र नेपाल समुहका सुरेन्द्र पाण्डे सहभागी थिए ।

पार्टी तथा सरकार सञ्चालनमा एक्लौटी ढंगमा अघि बढेको भन्दै स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग गरेपछि दुवै पक्षले छलफललाई तीव्र पारेका हुन् ।