माओवादी अध्यक्षमा पुन: प्रचण्ड निर्वाचित, लिए शपथ - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

माओवादी अध्यक्षमा पुन: प्रचण्ड निर्वाचित, लिए शपथ



काठमाडौं- नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुन: पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका छन्।

ललितपुरमा जारी केन्द्रीय समिति बैठकले प्रचण्डलाई अध्यक्ष बनाउने प्रस्ताव अनुमोदन गरेको हो।

प्रस्तावको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा कृष्णबहादुर महरा रहेका थिए।

बैठकले उक्त प्रस्ताव अनुमोदन गरेसँगै प्रचण्डले अध्यक्षको शपथ लिएका छन्।