कोटेश्वरमा प्रचण्ड-नेपालको रणनीतिक छलफल - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

कोटेश्वरमा प्रचण्ड-नेपालको रणनीतिक छलफल



काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले रणनीतिक छलफल गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाललाई कारबाही गर्ने र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेका बेला उनीहरूबीच रणनीतिक छलफल भएको हो ।

कोटेश्वरमा रहेको व्यापारी टपिन्द्र तिम्सिनाको घरमा दाहाल र नेपालबीच छलफल भएको हो । भेटमा माओवादी केन्द्रको तर्फबाट दाहालसँगै नारायणकाजी श्रेष्ठ थिए भने नेपालसँगै भीम रावल थिए ।

आजको छलफलमा आगामी रणनीतिको विषयमा छलफल भएको बताइएको छ ।

सर्वाेच्च अदालतले पार्टी एकिकरण अस्वीकार गर्दै नेकपा एमाले र एमाले ब्युँताइदिएपछि दाहाल-नेपाल समस्यामा छन् ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न आलटाल गरेपछि उनीहरु समस्यामा परेका हुन् ।

त्यसो त ओलीले पार्टी अनुशासन विपरित काम गरेको भन्दै नेपालसहितका एमालेका चार नेतालाई स्पष्टीकरण सोधेका थिए । नेपालले उल्टै ओलीलाई प्रतिप्रश्नसहित जवाफ पठाएका थिए ।

ओलीले नेपाल र रावललाई कारबाही गर्ने बताएको बेला दाहाल र श्रेष्ठसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।