प्रचण्ड–नेपालबीच छलफल: अदालत जाने निर्णय - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

प्रचण्ड–नेपालबीच छलफल: अदालत जाने निर्णय



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा सर्वोच्च अदालतको फैसलाको बिषयमा छलफल भएको बताइएको छ ।

फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गर्ने र दुई पार्टीलाई पूर्ववत् अवस्थामा फर्काएको थियो । उक्त फैसलाविरुद्ध पुनरावलोकनमा जाने विषयमा नेताहरूबीच छलफल भएको बताइएको छ ।

भेटमा माओवादी केन्द्रका शीर्ष नेताहरू पनि सहभागी भएको बताइएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य मुक्ति प्रधानले शुक्रबार पुनरावलोकनमा जान सक्ने बताए ।

केही दिनअघि प्रधानसहित शम्भु श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारलगायतले माओवादी केन्द्रलाई मुद्दा पुनरावलोकन गर्न सुझाएका थिए ।