प्रचण्ड नेम्वाङबीच गोप्य भेट: के भयो कुरा ? - Himal Post Himal Post
  • २५ मंसिर २०८२, बुधबार
  •      Wed Dec 10 2025
Logo

प्रचण्ड नेम्वाङबीच गोप्य भेट: के भयो कुरा ?



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवादले उत्कर्षको रुप लिइरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच गोप्य भेट भएको पाइएको छ ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्डले नै उपनेता नेम्वाङलाई भेट्न डाकेका थिए । बिहीबार बिहानै प्रचण्डलाई भेट्न उपनेता नेम्वाङ प्रचण्डनिवास खुमालटार पुगेका थिए।

पछिल्लो समय अध्यक्ष प्रचण्डले ओली पक्षका नेताहरूलाई एक एक गर्दै भेटिरहेका छन् । केहिदिन अघि मात्र प्रचण्डलाई भेटेपछि पार्टीका महासचिव विष्णु पौडेल बालुवाटारमा दुरी बढाएको आशंका गरिएको छ ।

प्रचण्ड निकट स्रोतका अनुसार सधै बस्ने स्थान भन्दा गोप्य स्थानमा प्रचण्ड-नेम्वाङबीच छलफल भएको बताएको छ ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको र दुई अध्यक्षबीचको संवाद नै अनिश्चित बनेको समयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता नेम्वाङले प्रचण्डलाई भेट्नुलाई चासोका साथ हेरिएको छ।

प्रचण्ड–नेपाल समूहको कार्यक्रमपछि ओली–प्रचण्डबीच बुधबार साँझ बस्ने भनिएको बैठक स्थगित भएको थियो। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीचको बैठक बुधबार स्थगित भए पनि बिहीबार बिहान बस्ने बताएका थिए। तर, बिहीबार मध्यान्हसम्म ओली–प्रचण्डबीच छलफल हुन सकेको छैन।