मातृकाको बर्खास्ती र बादलको सरुवाबारे प्रचण्डको नयाँ खुलासा - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

मातृकाको बर्खास्ती र बादलको सरुवाबारे प्रचण्डको नयाँ खुलासा



नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई बर्खास्तीको तयारी भएको र गृहमन्त्री रामबहादुर थापा बादललाई गृहबाट रक्षामन्त्रीमा सरुवाको तयारी भएको भन्ने हल्लाको खण्डन गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका केही व्यक्ति नै बिम्स्टेकलगत्तै मातृकालाई बर्खास्ती र बादलको सरुवाको तयारी भएको प्रचारमा सक्रिय थए । भारत भ्रमणमा गएका बेला दिल्लीमै आफूलाई हटाउने तयारी भएको हल्ला सुनेका मन्त्री यादवले स्वदेश फकिएलगत्तै प्रचचण्डलाई भेटेका थिए । उनले मन्त्रीबाट हटाउन लागिएको भन्ने हल्लाबारे आधिकारिक धारणा माग गरेपछि प्रचण्डले तत्काल त्यस्तो सम्भावना नरहेको जवाफ दिए । ‘मलाई मन्त्रीबाट अपदस्थ गर्ने तयारी भएको भन्ने सुनें’, मातृकाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले के अपराध गरेको छु र ?’ यादवले आफूले तरकारी माफियाविरुद्ध जेहाद छेडेसँगै षड्यन्त्र सुरु भएको गुनासो पनि गरे । यादवले कालिमाटी र बल्खुस्थित तरकारी बजारको अनुगमन गरी सरकारी केही व्यवसायीमाथि कारबाही गरेका थिए । लगत्तै तरकारीको अनियन्त्रित बजार भाउमा केही सुधार आएको थयो ।

यद्यपि प्रचण्डले अहिले कुनै मन्त्रीको बर्खास्ती र कुनैको सरुवा नहुनेबताए । ‘कसैको बर्खास्ती र कसैको सरुवा हुँदैन, ढुक्कले देश र जनताका पक्षमा काम गर्नुस’, प्रचण्डले मातृकालाई आश्वस्त तुल्याउँदै भने। हल्लाबारे आफूले प्रधानमन्त्रीलाई सोध्ने पनि प्रचण्डले बताएका थिए ।