एक युगमा एउटा मात्र प्रचण्ड बन्न सक्छ, विप्लवले नक्कल गरे : प्रचण्ड - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एक युगमा एउटा मात्र प्रचण्ड बन्न सक्छ, विप्लवले नक्कल गरे : प्रचण्ड



नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिको नक्कल गरेर कोही सफल हुन नसक्ने बताएका छन् ।

पेरिसडाँडामा बिहीबार सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा उनले एक युगमा एउटा मात्र प्रचण्ड हुन सक्ने बताए । ‘प्रचण्ड त्यसै बनेको हैन,’ उनले विप्लव तर्फ लक्षित गर्दै भने, ‘जनताको काम गर्दै बनेको हो ।’

विप्लव समुहले आफुलाई मार्ने सूचिको पहिलो नम्वरमा राखेको भन्दै उनीहरुप्रति दया लागेको उनले बताए । हत्या हिंसा गरेर अर्काे सामन्तवाद र प्रतिगमन ल्याउन त खोजेका हैनन ? भन्दै उनले विप्लव समुहलाई गम्भीर भएर सोच्न आग्रह गरे ।

सरकार कानुन अनुसार अघि बढ्ने भन्दै उनले कानुन सबैले मान्नु पर्ने बताए । उनले देशका लागि योगदान गर्ने शहिद सदैब स्मरणीय रहेको र उनीहरुको सम्झनामा स्मारक बनाइने उल्लेख गरे । सहिद तथा वेपत्ताका परिवारलाई कार्यक्रममा प्रचण्डले सम्मान गरेका थिए ।