प्रचण्ड बालुवाटार नजाने
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैले फोन गरेर भेट्न बोलाएका नेकपा माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार नजाने भएका छन् ।
प्रधानमन्त्री ओलीले आजैका लागि सर्वदलीय बैठक पनि बोलाएका छन् । प्रचण्ड निकट एक नेताले भने प्रचण्डलाई सर्वदलीय बैठकमा नबोलाइएको बालुवाटारमा भेट्न आउनुस भनिएको बताए । उनका अनुसार प्रचण्डले बालुवाटारमा नआउने सिंहदरबारको प्रधानमन्त्री कार्यालयमा छलफल गर्ने बताएका थिए ।
हिजो शुक्रबार ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा प्रचण्डले धेरै समयपछि आफूलाई प्रधानमन्त्रीको फोन आएको जानकारी दिएका थिए । ओलीले शुक्रबार फोन गरेर सनिवार बिहान बालुवाटार भेटौं भनेको तर प्रचण्डले आफू बालुवाटार नआउने, सिंहरदबार भए आउने भन्ने जवाफ दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले अहिले बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक राखेका छन् । तर प्रचण्डलाई सर्वदलीय बैठकको लाग नबोलाइएको र उनले बालुवाटार नजाने अडान लिएको भनेकोले प्रचण्ड उपस्थित नहुने भएका हुन् ।
प्रचण्डको सचिवालयका अनुसार प्रचण्डले बालुवाटारमा नभेट्ने भनेपछि बालुवाटारबाट फोन आएको छैन ।
दलका नेताहरुबीच तिक्तता बढेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बोलाएका छन् । सर्वदलीय बैठकमा कोको आउने वा नआउने टुंगो लागेको छैन ।