एमसीसीबारे निर्णय गर्न प्रचण्डले डाके दलको बैठक
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको बैठक बोलाएका छन् ।
अमेरिकी सहयोग परियोजन (एमसीसी)बारे छलफल गर्न प्रचण्डले संसदीय दलको बैठक डाकेको बताइएको छ । बैठक बुधबार बिहान १० बजे बोलाइएको एक नेताले बताए ।
संसदीय दलको बैठकमा भएको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्ने बताइएको छ ।
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान ११:३० बजे बोलाइएको छ।