अध्यक्षको जिम्मा प्रचण्डलाई, अब ओलीले हस्तक्षेप नगर्ने - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

अध्यक्षको जिम्मा प्रचण्डलाई, अब ओलीले हस्तक्षेप नगर्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको कार्यकारी अधिकारको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिने सर अर्का अध्यक्ष केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित हुने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सरकारले दैनिक कामकारवाही जारी राख्न सक्ने तर राष्ट्रिय महत्वका विषयमा पार्टीको निर्णय सरकारले मान्नुपर्ने बताए ।

उनका अनुसार त्यस्तो प्रस्ताव आएमा सचिवालयको सुझाव, दुई अध्यक्षको सहमतिमा निर्णय हुनेछ । पार्टीको महाधिवेशन चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय बैठकले गरेको छ । बैठकले एमसीसीका बारेमा भने अझै निर्णय गर्न सकेन ।

बैठकको सुरुमै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी एकताको पक्षमा उभिएर प्रतिक्रियावादीलाई जवाफ दिइएको बताएका थिए ।