प्रचण्डले माफी मागे - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

प्रचण्डले माफी मागे



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माफी मागेका छन् । उनले बिहीवारको आमहड्तालले जनतामा पर्न गएको अप्ठ्यारोप्रति माफी मागेका हुन् ।

शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै प्रचण्ड-नेपाल समूहले हिजोको आमहड्ताल रहर नभएर बाध्यता भएको बताएउँदै जनतासँग माफी मागेका छन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अप्ठ्याराकाबीच आफूहरुले नागरिकको समर्थन पाएको दाबी गरे । उनले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवारी कदम र लोकतन्त्रमाथि भएको प्रहारको जवाफमा बिहीवार आमहड्ताल गरेको बताए ।

उनले भने, ‘कसैले तपाईँको लुगा तानेर च्यात्यो भने, तुरुन्त प्रतिवाद त गर्नु पर्यो नी ! हो, हिजोको आमहड्ताल ठ्याक्कै त्यस्तै हो । हामी लोकतन्त्रमाथिको प्रहारविरुद्ध तत्काल प्रतिवाद गर्न सडकमा गएका हौँ ।’

प्रचण्डले आमहड्ताल गर्नु आफ्नो र आफ्नो पार्टीको नीति र नियम नभएको पनि दाबी गरेका छन् । प्रचण्डले एमसीसीबारे आफूले कुनै समर्थन नगरेको पनि बताएका छन् ।