प्रचण्डले भने : माडी आउँदा मलाई गर्व लाग्छ
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम अब छिट्टै टुङ्गिने बताएका छन् । धेरैकुरा टुङ्गिसकेको छ अब यो पनि टुङ्गिन्छ उनले भने चितवनको माडीमा पार्टीका अगुवा कार्यकर्तासँगको अन्तर्क्रिया तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
उनले भने, ‘माडीमा गुणात्मक प्रगति हुँदैछ भन्ने सुनाउन पाउँदा मलाई गर्व अनुभूति भएको छ ।’ प्रचण्डले माडीको विकासका लागि रिङ रोड बनाउने, रिउ खोलामा तटबन्ध निर्माण गर्ने देखि सुकुम्बासी समस्या समाधानका लागि पहल भइरहेको बताए ।
उनले भने, ‘हाम्रो देशको कर्मचारीतन्त्र पुरानै तर राजनीतिक प्रणाली नयाँ भएको छ । पुरानै कर्मचारीतन्त्र राजनीतिक प्रणाली नयाँ, संविधान नयाँ तर ऐन नियमहरु पुराना हुँदा सरकारलाई निकै धेरै मिहेनत गर्नुपरेको छ । यहाँका जनप्रतिनिधि र पार्टी अध्यक्ष भएको नाताले मलाई पनि निकै मिहेनत गर्नुपरेको छ ।’
स्थानीय नेता तथा कार्यकर्ताहरुले पार्टीको स्थिति र स्थानीय समस्याका बारेमा रिपोर्ट प्रस्तुत गरेको थिए ।