'गठबन्धन गरौँ भन्दै प्रचण्ड र माधवले बालकोटमा दूत पठाए' - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

‘गठबन्धन गरौँ भन्दै प्रचण्ड र माधवले बालकोटमा दूत पठाए’



नेकपा एमालेका नेता महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना अध्यक्ष केपी ओलीसँग गठबन्धन गर्ने प्रयोजनका निम्ति छलफल गर्न दूत पठाउने गरेको खुलासा गरेका छन् ।

बुधवार आयोजित ‘स्थानीय तह निर्वाचन संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहस कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले यस्तो खुलासा गरेका हुन् । उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘माओवादी र नेकपा एस भन्ने पार्टी कांग्रेस र एमालेले कुनै पनि अवस्थामा बहुमत नपुर्‍याउने भनेर लागेका छन्,’ सम्बोधनका क्रममा बस्नेतले भने, ‘कांग्रेससँग सत्तामा भए पनि एमालेसँग पनि निर्वाचनको सम्भावित परिणामका विषयमा कुरा गर्न प्रतिनिधि पठाइरहनुभएको छ भन्ने सुनिएको छ ।’

बस्नेतका कांग्रेससँग गठबन्धन कायमै राख्न प्रयासरत रहेपनि प्रचण्ड र नेपालले एमालेसँग पनि समदूरीमा रहेर कुराकानी गरिरहेका छन् । ओलीसँग कुराकानी गर्न प्रचण्ड-नेपालका तर्फबाट बालकोटमा को पुगेको थियो भन्ने कुरा भने बस्नेतले भनेनन् ।

उनले प्रचण्ड र नेपाललाई अवसरवादीको संज्ञासमेत दिएका छन् । ‘द्वैध चरित्र भएका च्याँखे दलका नेता एमाले र कांग्रेसमध्ये एउटालाई साथमा लिने र आफ्नो हैसियत बनाएर सरकारमा जाने गरेका छन्,’ बस्नेतले भने ।