एमसीसी संसदमा टेबल गर्न प्रचण्ड र माधवले दिए सहमति
माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी एमसीसी संसदमा टेबल गर्न सहमत भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाकोको प्रयास र अमेरिकाको दबाबपछि गठबन्धन जोगाउने गरी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमसीसी सम्झौता संसदमा टेबल गर्न सहमत भएका हुन् ।
सत्ता गठबन्धनका एक नेताका अनुसार प्रचण्ड र माधव नेपाल एमसीसी संसदमा टेबल गर्न सहमत भएसँगै आइतबारको संसद बैठकमा एमसीसी टेबल हुनेछ ।
यसबारे अन्तिम निर्णय भने आइतबारको संसद बैठकअघि बस्ने सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गर्नेछ ।
शनिबार बसेको एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले पनि एमसीसी संसदमा टेबल गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।
अमेरिकाले १६ फागुन (२८ फेब्रुअरी) भित्र संसदबाट एमसीसी अनुमोदन नभए फिर्ता हुनसक्ने भन्दै बताउँदै आएको छ ।