प्रचण्डले भनेः माधव नेपालले गर्दा टेन्सन भो ! - Himal Post Himal Post
  • ९ पुष २०८२, बुधबार
  •      Wed Dec 24 2025
Logo

प्रचण्डले भनेः माधव नेपालले गर्दा टेन्सन भो !



नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ९ गते पार्टी एकता हुने नसक्नुको कारण प्रष्ट पारेका छन् । प्रचण्ड निवास खुमलटारमा जारी पार्टी केन्द्रीय कार्यालय (हेडक्वार्टर) को बैठकमा अध्यक्ष प्रचण्डले यसको कारण खोलेका हुन् ।

प्रचण्डको भनाईमा, पार्टी एकतामा परेको सबैभन्दा ठूलो जटिलना केन्द्रीय समितिमा बाँडफाँट हो र समानताका आधारमा बाँडफाँट हुनुपर्छ भन्नेमा बरिष्ठ नेता माधव नेपाल बाधकको रुपमा देखिएका छन् ।

‘एमाले अध्यक्ष केपी शर्मा ओलीपनि समानताका आधारमा पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ, तर यसरी नजान ममाथि पार्टीभित्रैबाट ठूलो दबाब छ भनेर उहाँले आफ्नो बाध्यता सुनाउनु भएको छ’ बैठकमा एकतामा देखिएका बाधाबारे जानकारी दिँदै प्रचण्डले भने, ‘मैले बुझ्दा बराबरीका आधारमा एकता गर्नै हुन्न भनेर माधव नेपालले दबाब दिनुभएको बुझिन्छ ।’

बैठकमा प्रचण्डले बताए अनुसार, ओलीले अहिले निश्चित प्रतिसतका आधारमा एकता गरौं र अरु कुरा पछि मिलाऊँ भन्ने प्रस्ताव राखेका छन् । र, जवाफमा आफूलेपनि ओलीसँग बराबरीका आधारमा एकता गर्नुपर्छ, नत्र माओवादी केन्द्रका साथीहरुले मान्दैनने भन्ने जानकारी ओलीलाई गराएका छन् ।

सैद्धान्तिक विषयमा चाहिँ त्यति ठूलो विवाद नरहेको रिपोर्टिङपनि प्रचण्डले बैठकमा गरेका छन् । ‘मुख्य समस्या भनेको कसरी सम्मानजनक एकता गर्ने भन्ने नै हो, सम्मानजनक एकताका लागि ओलीजी सहमत भएपनि माधव नेपालजीले गर्दा समस्या भएको हो’ प्रचण्डले भने, ‘केन्द्रीय समितिको समायोजनमा कुरा मिल्नासाथ पार्टी एकता टुङ्गिन्छ ।’