प्रचण्डले गरे डरलाग्दो खुलासा ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रचण्डले गरे डरलाग्दो खुलासा !



काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ वर्षअघि भएको दोरम्बा हत्याकाण्ड दरबारको ठाडो निर्देशनमा भएको खुलासा गरेका छन् ।

दोरम्बा हत्याकाण्डको १५ औं स्मृतिसभामा बोल्दै प्रचण्डले २०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा आफ्ना पार्टीका कार्यकर्तामाथि मच्चाइएको हत्याकाण्ड शाही नेपाली सेनाले नभई दरबारको ठाडो निर्देशनमा भएको खुलासा गरेका हुन् ।

तत्कालीन विद्रोही माओवादी र सरकारबीच चलिरहेको वार्तालाई विफल बनाई शासन सत्ता आफ्नो हातमा लिने उद्देश्यका साथ दरबारले दोरम्बामा नियोजित तवरमा घटना घटाइएको प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले दोरम्बा हत्याकाण्डपछि देशमा गणतन्त्र ल्याउन सफल भएको समेत बताए । सरकार र माओवादीबीच दाङको हापुरेमा वार्ता चलिरहँदा दोरम्बाका जनसरकार प्रमुख बाबुराम लामासहित २१ जनालाई सेनाले हत्या गरेको थियो । उक्त घटनापछि माओवादीले सरकारसँगको वार्ता भङ्ग गरेको थियो ।