प्रचण्डले भने: दलितलाई १५ प्रतिशत कोटा दिन सकिन्न - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

प्रचण्डले भने: दलितलाई १५ प्रतिशत कोटा दिन सकिन्न



काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यमा दलितलाई १५ प्रतिशत कोटा दिन नसकिने बताएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको आठौँ महाधिवेशनअन्तर्गत बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

यसअघि पार्टीमा दलितलाई १५ प्रतिशत आरक्षण दिनुपर्ने आवाज उठेको थियो। त्यसको जवाफमा प्रचण्डले जनसंख्याका आधारमा अहिलेको अवस्थामा कसैलाई पनि आरक्षण दिन नसकिने बताए।

संविधानले व्यवस्था गरेअनुसार समावेशीको ४५ प्रतिशतलाई शतप्रतिशत मानेर पार्टीमा कोटा छुट्याइएको उनको भनाइ छ।

उनले भने, ‘अहिले जनसंख्याको आधारमा न दलितलाई दिन सकिने अवस्था छ, न महिलालाई दिन सकिने अवस्था छ। संविधानले ४५ प्रतिशत समावेशीको व्यवस्था गरेको छ। त्यसैलाई १०० प्रतिशत मानेर कोटा छुट्याइन्छ।’

अहिले प्रचण्डले बन्दसत्रलाई सम्बोधन गरिरहेका छन्। उनले आगामी कार्यकालका लागि केन्द्रीय सदस्यको नाम बन्द सत्रमा प्रस्ताव गर्दैछन्।