सुर्खेतमा प्रचण्डको गर्जन देशले अहिले जितेका सबै मुद्दा माओवादीकै हुन् - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

सुर्खेतमा प्रचण्डको गर्जन देशले अहिले जितेका सबै मुद्दा माओवादीकै हुन्



सुर्खेत, १० भदौ ।

प्रदेश नम्बर ६ का अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन सुर्खेत आइपुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै माओवादीले चुनाव हारेपनि मुद्दा जितेको बताएका छन् ।

अहिलेका राजनीतिक मुद्दा माओवादीसँगै भएको भन्दै उनले भने, ‘देशका अहिलेका सबै एजेण्डा माओवादीकै हुन्। काँग्रेस एमालेलाई यो सबै मन परेको छैन। महिला, दलित, जनजाति नेता भएको काँग्रेस एमालेलाई मन परेको छैन। उनीहरू महिला, दलित, जनजाति, मधेसी, मुस्लिमलाई मान्छे नै ठान्दैनन्। हामीले एकात्मक सत्ता ढलायौं, काँग्रेस एमालेले दोस्रो दर्जाका नागरिक ठानेका जनतालाई नेता बनायौं, मन्त्री र सांसद बनायौं, यो उनीहरूलाई मन पर्ने कुरै होइन, त्यसैले उनीहरू पहिचान र अधिकारको विरोधमा छन्।’

प्रशिक्षणमा प्रचण्डले माओवादीहरुको एकतामा जोड लिए । उनले भने, ‘सबै माओवादी एक हुनुको विकल्प छैन । वैद्यजी पनि कुनै लाज नमानी माओवादी केन्द्रमै आउनुपर्छ, विप्लवजी पनि अन्त जाने ठाउँ छैन । बाबुरामजी पनि भौतारिनु पर्दैन, दक्षिणपन्थीसँग एकताको गुहार गर्नुभन्दा माओवादीमै आउनु राम्रो हुन्छ, सबै आउनैपर्छ ।’